चर्चित निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रतिवेदन पेस गरे ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छानबिन समिति  संयोजक टंकमणि शर्मा दंगालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका छन् ।

सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।