गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टेकुनन्द इवा लिम्बुलाई पदमुक्त गरेको छ ।

मन्त्रालयले सिरहा जिल्लाका यी बरिष्ठ अधिकारीहरुलाई हटाउनुको खास कारण नखुलेपनि उनीहरुलाई पद छाड्न निर्देशन दिएको छ ।

दुवै अधिकारीमाथि आर्थिक मामिलामा अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ, यद्यपि आधिकारिक विवरण भने खुलाइएको छैन ।