विश्वका उत्कृष्ट होटलको सूचीमा मुस्ताङस्थित सिन्तामणि पनि पर्याे

नेपाल र नेपालीलाई विश्व समाजलाई चिनाउने हाेटल पनि थपिएको छ ,अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । जहाँ एक रात बिताउन करसहित २ लाख ७३ हजार रुपैयाँ तिर्नुपर्छ ।

निलगिरि हिमालको फेदमा रहेको उत्तरी नेपाली जिल्ला मुस्ताङमा यो पहिलो विलासिता चाख्न पाइनेछ। मुस्ताङलाई तिब्बती पठार र विश्वकै केही अग्ला चुचुराको छायाले सीमा बनाएको छ। ती चुचुराहरुमा विश्वकै छैठौँ ठूलो धौलागिरि हिमाल र आठौँ अग्लो अन्नपूर्ण हिमाल पर्छन्। 

यो क्षेत्र बौद्ध धर्मावलम्बीको धार्मिक गन्तव्य पनि हो। जहाँको दृश्यावली लोभलाग्दो छ। साथसाथै यो ट्रेकिङ, घोडचढी, रक क्लाइम्बिङ, साइक्लिङजस्ता धेरै चाखलाग्दा यात्राका लागि प्रसिद्ध छ। 

 यस हाेटलमा  स्थानीय ढुंगा प्रयोगबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । पदयात्रा, स्थानीय परिकार र संस्कृतिका कारण यो रिसोर्ट उत्कृष्ट सूचीमा परेको हो । यहाँ शताब्दिऔं पुराना बौद्ध गुम्बाको अनुभूति गर्न सकिन्छ ।

हिमाली याककाे मोमो, तिब्बती थुक्पा जस्ता परिकारको समेत नेशनल जियोग्राफिकले प्रशंसा गरेको छ । यो सूचीमा श्रीलंकाबाट कुरुलु बे र भुटानको इन्ड बियोन्ड पुनाखा रिभर लजसमेत परेका छन् ।

नेशनल जियोग्राफिकका सम्पादक, लेखक, फोटोग्राफर र अन्वेषकले यो सूची तयार पारेको यसको अनलाइन साइटले जनाएकाेछ ।