स्थानीय सरकार अन्तर्गत रहेको हेलम्बु गाउँपालिकाले १० वर्षभन्दा पुराना सवारी साधनलाई पर्यटक ओसारपसार गर्न निषेध गरेको सार्वजनिक सूचना जारी गरेको छ ।

हेलम्बु क्षेत्रको गुम्बा र पर्यटकीय स्थल घुम्न गएका दुई भुटानी नागरिकको सवारी दुर्घटनामा परी मृत्यु भएपछि हेलम्बु गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।

पर्यटक आवतजावतमा प्रयोग हुने पुराना सवारी साधनले दुर्घटना निम्त्याउने गरेको भन्दै १० वर्षभन्दा बढीका सवारी साधनलाई पर्यटक ओसारपसार गर्न निषेध गरिएको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको हेलम्बु क्षेत्र ।

मृतक भुटानी नागरिकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

अहिले हेलम्बुमा विदेशी नागरिकको घुइँचो छ ।