पश्चिम नेपालमा वर्षा र हिमपात
२०८० माघ १९, शुक्रबार ०६:३६
काठमाडौं उपत्यकासहित देशका सात प्रदेशमध्ये चार प्रदेशमा बुधबार साँझदेखि नै यो जाडो मौसमको पहिलो वर्षा भएको छ । कर्णाली र कोशीका केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।
हल्का वर्षापछि काठमाडौंका बासिन्दाहरु आफुलाई न्यानो राख्न सडकको छेउमा आगो बालेको देख्न सकिन्छ ।
वर्षा सुरु भएसँगै हिउँदे बालीका लागि आफ्नो जमिनलाई पोषण दिन हिउँदे वर्षाको पर्खाइमा रहेका किसानहरु हर्षित भएका छन् । तर, अर्कोतर्फ जाजरकोट र आसपासका भूकम्पपीडितहरू चिसो र वर्षाका कारण सास्ती झेलिरहेका छन् भने कतिपय खुला आकाशमुनि बसिरहेका छन् ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् गंगा नगरकोटीका अनुसार देशको पश्चिमी भू–भागमा हल्कादेखि मध्यम वर्षासँगै हिमाली भेगमा हिमपात भए पनि पश्चिमी चापले प्रभाव पार्न सकेको छैन ।
शुक्रबार बिहानदेखि देशभरको मौसममा सुधार आउने उनले बताए ।




