संघीय संसदको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

संघीय संसदको हिउँदे अधिवेशनको आजको तयारीको बारेमा जानकारी लिँदै सभामुख घिमिरेले संसदको हिउँदे अधिवेशनले राज्यका लागि आवश्यक पर्ने थप विधेयक पारित गर्नुपर्ने बताए ।

उनले संसदीय अधिवेशनको क्यालेन्डर बनाएर हिउँदे अधिवेशनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

घिमिरेले सरकारले विधेयक पेस गरेर थप कार्यसम्पादन गर्ने आश्वासन दिएको बताए ।

सभामुखले भन्नुभयो, “सदस्यलाई व्यवसाय दिई लक्ष्यअनुरूप कानुन बनाउन सबैले पहल गर्नुपर्छ, निराशा होइन आशाको किरण सृजना गर्ने पाठ सिकेर अघि बढ्नुपर्छ ।”

त्यस्तै संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले विधेयकका विषयमा सभामुखले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँग परामर्श गरिसकेको जानकारी दिनुभयो ।