विभिन्न कथा र मिथकमा जाेडिएका पात्रहरू धरानमा साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ ।

किरात राई मुन्दुमी मिथकमा पृथ्वीमा मानव उत्पत्ति र विकास सुम्निमा र पारुहाङसँग जोडिन्छ। सुम्निमा र पारुहाङबीचको कथा किरात राई सभ्यतामा अर्थपूर्ण मानिन्छ। 

याे मुर्ति सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो । 

उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे । 

किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको १२ फिट अग्लो मूर्ति सुनसरीमै पहिलोपटक निर्माण गरिएको यायोक्खाका अध्यक्ष राजेन्द्र राईले बताए ।