विराटनगर, आज आयोजित कार्यक्रममा नेरुडे लघु वित्तीय संस्था लि र पाणिनि संस्कृत विद्यालय विच  अक्षयकोष स्थापना गर्ने समझदारी भएको छ । उक्त समझदारी पत्रमा नेरुडे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज वस्याल र विद्यालयका अध्यक्ष कविराज न्यौपानेले हस्ताक्षर गरेका छन् ।

अक्षयकोष वापत तिन लाख रकम नेरुडेले विद्यालयलाइ प्रदान गरी सो रकमको साँवावाट प्राप्त व्याजवाट विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये आठ कक्षामा उत्कृष्ट अंक ल्याउने दूइ जना छात्रलाइ दिने शर्त व्यवस्थाको सहमती पत्र एक आपसमा आदान प्रदान गरियो ।

साे अवसरमा नेरूडेका अध्यक्ष डा भेषप्रसाद धमला, संचालकहरू   मणि कुमार अर्याल र सुधिर कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

विश्व वन्धुत्व तथा जन्मभूमिमा प्रेमको भाव विकसित गर्ने संस्कार प्रदान गर्न  पं खगेश्वर न्यौपाने को नेतृत्वमा वि.स.२०५५ सालमा स्थापित भै संचालित भइरहेको पाणिनि संस्कृत विद्यालयमा बालक वटुकहरूलाई आवास ,भोजन अध्यापनको नि.शुल्क  व्यवस्थापन गरिएको छ ।