नेपालले आफ्नो दोस्रो खेल क्यानडासँग खेल्दै
२०८० माघ २७, शनिबार १२:१६
नेपालले आज क्यानडासँग एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दैछ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई हराएको थियो । नेपालले खेल ७ रनले जित्यो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियो ।
२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रन बनायो। उक्त खेलमा कप्तान रोहित कुमार पौडेलले चार विकेट लिएका थिए ।
नेपाल आजको खेल जितेर क्यानडाविरुद्धको शृङ्खला आफ्नो नियन्त्रणमा लिन चाहन्छ । अघिल्लो खेलमा नेपालले बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङ कमजोर रह्यो । कुशल भुर्तेलले ६८ र आरिफ शेखले ३८ रन बनाए ।
नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेलेको यो पहिलो पटक हो




