राधे परिवार भजन समूह मधुमाराबाट पाणिनि संस्कृत विद्यालयलाई भाेजनका लागि चामल सागसब्जी तेल तथा बटुकहरूलाई फल फूल विस्कुट प्रदान गरिएको छ

सो सामग्रीहरूलाई भजन समूहका अध्यक्ष ,सचिव  लगायत समूहका धेरै सदस्यले पाणिनि संस्कृत विद्यालयमा उपस्थित भई वितरण गर्नु भएको थियो ।

सामाग्री ग्रहण गर्दै विद्यालयका अध्यक्ष कविराज न्याैपानेले याे विद्यालय यस्तै दानका निम्ति सधैं तत्पर हुने दाताहरूको सहयोगमा विद्यालयले उद्धेश्य बमोजिम काम गर्ने उज्यालो भविष्य भै रहेको छ भन्ने विचार प्रकट गर्नुभयो साथै दाताप्रति विद्यालय परिवारले धन्यवाद पनि दिएको छ ।

उक्त विद्यालय वि.स.२०५५ सालमा समाजसेवी पं खगेश्वर न्याैपानेकाे नेतृत्वमा स्थापित भई निरन्तर रूपमा गुरूकुलिय परम्परा अनुसार शिक्षा ,निशुल्क भाेजन र आभास उपलब्ध गराउदै छात्रहरूलाई प्राचीन  शिक्षाकाे ज्याेति छर्दैछ ।