कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकासका लागि लोकतन्त्र आवश्यक भएको बताउनुभएको छ ।

  प्रजातान्त्रिक विचार समाज कोशी प्रदेश शाखाले  धरानमा  आयोजना गरेको ‘संघीय गणतन्त्रका चुनौती : नेपाली कांग्रेसको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘लोकतन्त्रमा विचारमा बहस हुन्छ, लोकतन्त्र नभएमा व्यवस्था मात्र हुन्छ । कुनै पनि विषयमा बहस नहुँदा विकासका काम अधुरो रहन्छ, उनले भने, ‘कोशी प्रदेश सरकारले बौद्धिक संवादलाई अगाडि बढाउन थिंक ट्याङ्क स्थापना गर्ने योजना बनाएको छ ।

थिंक ट्याङ्कले स्वास्थ्य, शिक्षा, कृषि र प्रविधिका सम्भाव्यताहरूलाई कसरी अनलक गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनेछ। उनले प्रदेशको विकासमा संस्थानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वार्ता र संवादमा विश्वास गर्ने उनको भनाइ छ । सो अवसरमा लोकतान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले नेपाली काँग्रेसले पुनः महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कोशी शाखाका अध्यक्ष जीवनकुमार राईले गणतन्त्र प्रणालीको कमजोरीलाई सच्याउन नेपाली काँग्रेसको सक्रिय भूमिका आवश्यक छ भनेर वताए ।

साे कार्यक्रममा समाजका पूर्वअध्यक्ष केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, कोशी प्रदेशका पूर्व प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, कांग्रेस महासचिव राईलगायतको उपस्थिति रहेको थियो । प्रदेश सचिव उमेश थापा लगायतका थिए ।