नेपाली चिया विकास निगम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ। हरेक वर्ष चीनमा विश्वभरीका १७ चिया उत्पादन गर्ने देशबीच हुने प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगमले सहभागिता जनाएको छ।

झापाको  कन्याम चिया वगानले २०२३ को उत्कृष्ट चिया भनेर गोल्ड विजेता पाएको हो।

निगमले झापा र इलाममा रहेको आफ्नै ७ वटा चिया वगानबाट उत्पादित चिया नेपालीहरूमाझ निकै नै लोकप्रिय तथा अन्र्तराष्ट्रिय स्तर मै चिरपरिचित टोकला चियाको उत्पादन तथा बिक्री वितरण छन् 

कम्पनीले यस पुरस्कारले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा थप चिनाउन र प्रवर्द्धन गर्न निकै ठूलो टेवा दिने विश्वास गरेको छन् 

नेपालमा उत्पादित चियाहरूको वृहत प्रदर्शनी तथा टी टेस्टिङ्ग कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार र शनिबार नारायणी नदीको किनारमा नेपाल चिया तथा कफि विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सह–आयोजनामा उक्त कार्यक्रम गरिएको छ

मेलामा चिया क्षेत्रमा कृयाशिल विभिन्न संघ संस्थाको सहभागिता तथा विभिन्न चिया उत्पादक कम्पनीहरूले आफ्नो उत्पादनको प्रदर्शनी एवं टेष्टिङ कार्यक्रम भएको छ।