हङकङमा बसोबास गर्दै आएका मोरङ जिल्लाको उर्लाबारी नगरपालिकाका युवाहरुले एम्बुलेन्स किन्न पैसा संकलन गरी गृहनगरमा दान गरेका छन् । उर्लाबारी हङकङ परिवारले  उर्लाबारीको वडा नं ९ कार्यालयले सञ्चालन गर्ने एम्बुलेन्सका लागि रु २५ लाख ५० हजार खर्च गरेका छन् 

 विपन्न परिवारका लागि निःशुल्क उपलब्ध गराउने यो सेवा माघ २८ गतेदेखि सञ्चालनमा आएको छ ।

हङकङमा बस्ने वडा नम्बर ९ का याम सेम्बोले रू पाँच लाख दिएका हुन् साथै  एम्बुलेन्सका लागि सेम्बो र सांगेहाङ तुम्बाहाङ्फेले रकम सङ्कलन अभियान सुरु गरेका थिए ।

“उरलाबारी नगरपालिकाले गरिब परिवारका लागि परिचयपत्र  दिने तयारी गरिरहेको छ । यो लागू भएपछि गरिब परिवारलाई परिचयपत्र आधारमा एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् भने अन्य स्थानीयले २० प्रतिशत छुट पाउने छन्,’ वडा नम्बर ९ का अध्यक्ष नरबहादुर मोक्तानले बताए ।

एम्बुलेन्सको चालक र इन्धनको खर्च नगरपालिकाले बेहोर्ने छ