वैदेशिक रोजगार विभाग (DoFE) अन्तर्गतको रोजगार अनुमति शाखा कोरियाले यही फागुन ७ गतेदेखि कोरियाली भाषा परीक्षा (KLT) सञ्चालन गर्दैछ ।

ईपीएस कोरियाका अनुसार परीक्षा राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठान भैंसेपाटीमा हुनेछ । इपिएस कोरियाका निर्देशक मैया कँडेलले दिनमा पाँच सिफ्टमा परीक्षा सञ्चालन हुने र दैनिक एक हजार विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको बताए ।

“शनिबार पनि परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। करिब ४७ हजार विद्यार्थीले पहिलो सिफ्टमा केएलटी दिन सक्नेछन्,” कँडेलले भने।

विद्यार्थीहरूले आफ्नो औंठाछापको बायोमेट्रिक दर्ताका लागि एक दिन अघि ग्वार्को, ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयमा हाजिर हुनुपर्नेछ। र बायोमेट्रिक परीक्षा केन्द्रमा प्रमाणित हुनेछ।