बाजुरामा ड्रेगन खेतीमा किसानको नजर
२०८० फाल्गुन ४, शुक्रबार १८:४५
बाजुराका कृषकहरूले नयाँ व्यवसायको अवसरका रूपमा ड्र्यागन खेतीलाई हेर्न थालेका छन् ।
ग्रामीण गाउँहरूमा सडक जडानले किसानहरूलाई ड्र्यागन खेती गर्न प्रोत्साहित गरेको छ।
हिमाली गाउँपालिका–६ निवासी विष्णुराज पाण्डेले लामो समयदेखि प्रयोगविहीन रहेको जग्गाबाट ड्रागन खेती आम्दानीको राम्रो स्रोत भएको बताए ।
प्रारम्भिक परीक्षणका लागि ८ सय रोपनी जग्गामा ड्रेगन रोपेको उनले जानकारी दिए ।
गाउँमा आफ्नो कृषि फार्म दर्ता भएको पाण्डेले बताए । उनले कृषि ज्ञान केन्द्रको ५० प्रतिशत सहयोगमा चितवनबाट ८ सय वटा ड्र्यागनको बिरुवा ल्याएका हुन् ।
हिमाली र बडिमालिका नगरपालिकाका बासिन्दाले ड्रेगन खेती गर्न थालेका छन् ।
ड्रागन खेतीमा रुचि राख्ने कृषकलाई आवश्यक सहयोग गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।




