तीनजनाको नाम सिफारिस उपकुलपतिमा
२०८० फाल्गुन ६, आईतवार २१:२२
विश्वविद्यालयमा खुला रूपमा उपकुलपति चयन प्रक्रियामा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
जसमा विश्वविद्यालयको उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस भएको जनाए ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले सर्टलिस्टमा छनौट भएका १४ जनामध्ये तीन जनाको नाम सिफारिस गरेको थियाे ।
यसअघि सिफारिस समितिले माघ २६ गते १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको थियो।
पहिलोपटक त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढाएका हुन् ।




