जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा आज साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

वीरगन्जमा हिन्दु समाजको प्रदर्शनका क्रममा झडप र झडपको स्थिति उत्पन्न भएकाले कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लगाइएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार पूर्वमा नागवाचोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल (कस्टम एरिया)सम्म कर्फ्यु लगाइएको छ ।