पुर्वी नेपालकाे हात्तीकाे यात्राले जनजिवन वेलावेलामा प्रताडित हुने गरेको छ । यसको दिर्घकालिन समाधानको निमित्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्नेछन् ।

 फागुन ९ देखि १६ गतेसम्म सञ्चालन हुने ‘हात्तीमैत्री पदयात्रा’मा मुख्यमन्त्री कार्की आफैँ सहभागी बन्नुहुने पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताले जानकारी दिए ।

मानव जिवनमा हात्तिले के कस्तो र कसरी असर र समाधान खाेज्ने अभियान रहेको पनि वताए ।

जङ्गली हात्तीले मानव बस्तीमा पसेर जनधनको क्षति पु-याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको दुर्ई सय ४० किलोमिटरको दूरीलाई पदयात्राले छिचोल्ने छ ।

साे पदयात्रामा सङ्घीय सरकारका बन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीलगायतको सहभागिता रहने छ । बुधबार बिहान ७ बजे मेचीनगर–१ बाहुनडाँगीको प्रसाद गौडाबाट पदयात्रा सुरु हुने कार्यक्रम छ ।

“जङ्गली हात्तीको परम्परागत जैविक मार्गलाई पछ्याउँदै पदयात्रा अघि बढ्नेछ”, उनले भने, “मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनि स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरिनेछ ।