कपिलवस्तु जिल्लाको एक विद्यालयमा विद्यार्थीहरु मास हिस्टेरियाका कारण अस्थायी रुपमा बन्द गरिएको छ ।

शिवराज नगरपालिका–१ शिवपुरस्थित नेपाल आदर्श उच्च माध्यमिक विद्यालयमा धेरै विद्यार्थी बेहोस हुने, बेचैन हुने, चिच्याउने जस्ता लक्षण देखिएपछि दुई दिनका लागि बन्द गरिएको शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोखरेलले नियमित विद्यालय समयमै विद्यार्थीमा यस्ता लक्षण देखिएकाे बताए । बुधबार मात्रै १० भन्दा बढी केटीहरूले यी लक्षणहरू देखाए र विद्यालयले अवस्थालाई सम्बोधन गर्न मनोविश्लेषकहरूको मद्दत मागे।

केही समयसम्म यस्ता लक्षण देखिएपछि विद्यार्थीहरू सामान्य हुन्छन् । केही समयअघि स्थानीय सरस्वती आधारभूत विद्यालयमा पनि यस्तै अवस्था देखिएको थियो ।

चिकित्सकहरूका अनुसार यो मास हिस्टेरियाको केस हो र केही दिन विद्यालय बन्द गरेर विद्यार्थी छुट्याएमा यो सामान्य हुन्छ ।