नेपालवाट भ्रमणमा रहनुभएका परराष्ट्र सचिव सेवा लम्सालले आज दिउँसो भारतका विदेशमन्त्री डा सुब्रह्मण्यम जाओशंकरसँग शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षका साथै भारत सरकारको लगानीमा सञ्चालित आयोजनाको प्रगतिका बारेमा छलफल भएको नयाँदिल्लीस्थित भारतीय दूतावासले जनाएको छ ।

बिहीबारदेखि भारतको पुणेमा हुने एसियाली आर्थिक संवाद–२०२४ को उद्घाटन समारोहमा सहभागी हुन परराष्ट्र सचिव लम्साल अहिले नयाँ दिल्ली पुगेका छन् ।