नेपाल विद्युत प्राधिकरणले  चालु आर्थिक वर्षको अन्तिम छ महिनामा १५ अर्ब ३६ करोड नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको भन्दा झण्डै पाँच अर्ब रुपैयाँ बढी हो ।

 प्राधिकरणले कुल आम्दानीमध्ये ६७ अर्ब २८ करोड खर्च गरेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक र आयोजना खर्चका लागि रु ५१ अर्ब ९२ करोड रहेको छ ।

प्राधिकरणले यसका लागि  गत आर्थिक वर्षको पहिलो छ महिनामा १० अर्ब ९१ करोड नाफा आर्जन गरेको थियो ।

प्राधिकरणको मुख्य आम्दानी र खर्च विद्युत् खरिद बिक्री र आयोजनाबाट हुने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारतलाई विद्युत् बिक्रीमा वृद्धि र स्वदेशमा खपत र खर्च नियन्त्रणका कारण पछिल्लो ६ महिनामा उल्लेख्य नाफा आर्जन गरेको बताए ।