नयाँ प्रतिभालाई उजागर गर्न एपीवान टेलिभिजनबाट निर्माण तथा प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण फागुन २४ देखि प्रसारण हुनेछ ।

यस पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका छन्। उनीहरूले आगामी चरणका लागि प्रतिस्पर्धा रहनेछन् 

नेपाल  भरि भएका ओपन अडिशनदेखि जज राउण्ड अडिशनका जीवन्त प्रस्तुति शृंखलाहरूमा देखाइने एपी वान टेलिभिजनले जनायाे 

उक्त  गायन प्रतिस्पर्धामार्फत आफूभित्र छरिएर रहेको प्रतिभालाई उजागर गर्ने एउटा अभूतपूर्व प्लेटफर्म नेपाल आइडल रहेको र यसले नयाँ प्रतिभाहरूलाई विशेष अवसर दिँदै आएको एपी वानले जनायाे ।

याे पाँचौं संस्करको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका छन्। उनीहरूले यसअघि तीन संस्करणमा पनि निर्णायक रहेका थिए। त्यस्तै आसिफ साह र रीमा विश्वकर्माले नेपाल आइडलको मञ्चलाई रोचक बनाउने एपी वानले जानकारी गरायौं ।