नेपालमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु हुदैछ ।

 नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल-भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको छ

फोनपे क्यूआर लिएका साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने इसेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको इसेवा प्रालिले आफ्नो आधिकारिक ब्लगमार्फत् जानकारी गरायो ।

अहिलेलाई इसेवा मर्चेन्टहरूले आफ्नो साथ रहेको फोनपे क्यूआरमा नै भारतीय पर्यटकहरू मार्फत् भारतीय भुक्तानी सेवा प्रदायक प्लेटफर्म भिम-यूपीआई र फोनपे को प्रयोग मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। 

नेपालभरी ४ लाख ५० हजारभन्दा बढी इसेवाका क्यूआर मर्चेन्टहरू रहेका छन्। अहिले बजारको अर्थतन्त्रमा रहेको यो आवश्यकता पूरा गरी मोडर्न डिजिटल अर्थतन्त्र मार्फत दुई देश बीचको दूरीलाई घटाउँदै सुमधुर बनाउनेमा इसेवा विश्वस्त रहेको जानकारी गराएको छ।