विराटनगर–लुक्ला हिमाल उडान छिट्टै सुरु हुन्छ : मुख्यमन्त्री कार्की
२०८० फाल्गुन १७, बिहीबार २१:४७
सगरमाथा क्षेत्रलाई केन्द्रविन्दु बनाएर विराटनगरबाट माउन्टेन फ्याइट उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन् काेसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका छन्
मुख्यमन्त्री कार्कीले सगरमाथा क्षेत्रको पर्यटन विकासलाई प्राथमिकता दिँदै विराटनगर–लुक्ला पर्वतीय उडान रुट छिट्टै सञ्चालनमा आउने बताए ।
खुम्बु र संघीय राजधानीबीचको भौगोलिक सम्पर्क विच्छेद भएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यस समस्यालाई सम्बोधन गर्न प्रदेश प्रतिबद्ध रहेकोमा जोड दिए ।
उनले विराटनगरबाट पर्वतीय उडान सेवा सुरु गर्ने तयारी भइरहेको र केही महिनाभित्रै पूरा हुने अपेक्षा राखे ।
साथै, मुख्यमन्त्री कार्कीले खुम्बुको पर्यटन विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मे २९ मा ‘सगरमाथा दिवस’ मनाउन टोलीसहित सगरमाथा क्षेत्रको भ्रमण गर्ने घोषणा गरेका छन् ।
सगरमाथा क्षेत्रको प्रवद्र्धनमा प्रदेश सरकारको प्रतिबद्धतालाई उजागर गर्दै मुख्यमन्त्री कार्कीले क्षेत्रीय वृद्धि र विकासको उत्प्रेरकका रूपमा पर्यटनलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।




