कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालले शानदार जित हासिल गरेको छ। 

जसमा नेदरल्यान्ड्सलाई ६ विकेटले जित पार्दै फाइनल पुग्ने सम्भावना बलियो बनायाे

उक्त खेलमा नेदरल्यान्ड्सले १२० रन बनाएपछि जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.२ ओभरमा लक्ष्य भेट्टाएको छ ।

साे खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन वनाउन सकेका छन् । पौडेलले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

कुशल भुर्तेलले १ चौका र १ छक्कासहित १२ रन, आसिफ शेखले १ चौकासहित ८ रन, गुलसन झाले ३८ रनको योगदान गरे।  झाले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ४ रन र कुशल मल्लले २ रनको योगदान गर्दै अविजित रहे। 

नेदरल्यान्ड्सका लागि भिभिएन किंग्माले पौडेल, भुर्तेल र शेखको विकेट लिएका हुन्। आर्यन दत्तले १ विकेट लिए। 

त्यसअगाडि नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए।