नेप्से परिसूचक आइतबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ओरालो लागेको छ ।

नेप्से ११ दशमलव ७८ अंकले घटेर १९६० दशमलव ३० अंकमा बन्द भयो । यस दिन ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता शेयर कारोबार भएकोमा २ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ ।

दिनभर ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।