नेपालवाट ६० करोडको यार्सागुम्बा निर्यात
२०८० फाल्गुन २५, शुक्रबार २०:४५
यस आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भयाे
नेपालकाे भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।
साथै गत आर्थिक वर्ष ४४ करोड ३१ लाख ९१ लाख रुपैयाँको मात्रै यार्चागुम्बा निर्यात भएको थियो । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ६८३ किलोग्राम यार्सागुम्बा मात्र निर्यात भएको थियो ।




