माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार
२०८० फाल्गुन २७, आईतवार २१:०७
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहालको उम्मेदवारी अनुमोदन गरेको छ ।
माओवादी केन्द्रका स्रोतका अनुसार पार्टीले दाहाललाई राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
भर्खरै बनेको सत्तारुढ गठबन्धनले राष्ट्रियसभा अध्यक्ष पदका लागि माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेको छ ।




