कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) लाई किसानलाई भुक्तानी गर्न ३० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

मन्त्रालयले विगत ५ महिनामा दुग्ध किसानलाई तिर्न बाँकी रहेको सहुलियतपूर्ण ऋण उपलब्ध गराएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहका स्वकीय सचिव रविन पटेलले मन्त्रीको विशेष पहलमा किसानलाई भुक्तानी गर्नका लागि रकम डिडिसीलाई उपलब्ध गराइएको बताए ।

मन्त्रीले शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग कृषि क्षेत्रमा रहेका चुनौतीका बारेमा छलफल गरेका थिए ।

डीडीसीसँग किसानको १ अर्ब रुपैयाँ बक्यौता छ ।

३० करोडबाट किसानको भुक्तानी हुने डिडिसीका महाप्रबन्धक सञ्जीव झाले बताए । बिक्रीबाट संचित रिजर्भबाट ऋण चुक्ता गरिनेछ।

त्यस्तै, मन्त्रालयले बीमा प्राधिकरणमार्फत पशु बीमाका लागि ४८ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ