काठमाडौंमा चीर ठड्याएसँगै होली शुरु
२०८० चैत्र ४, आईतवार १०:३७
रंगको उत्सबका रूपमा रहेको पर्व हाेलीकाे चहलपहल हुँदै गर्दा काठमाडौँको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइए यसपालिको होली (फागु पूर्णिमा) पर्व शुरू गरियो ।
आज वसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको हो । गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन खण्डे चीर ठड्याइएको छ
यश पर्वमा फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ भने यसको शुरुवात चीर ठड्याएसँगै हुन्छ । आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्याइ दाह गरेपछि होली समाप्त हुन्छ।
यसवर्ष काठमाडौँ लगायत पहाडी जिल्लाहरूमा चैत ११ गते र तराई मधेसका जिल्लाहरूमा चैत १२ गते होली पर्व परेको छ।




