शिशुसेवा समितिले चार जनालाई पुरस्कार
२०८० चैत्र ४, आईतवार १४:४१
सामाजिक संस्थाकाे रूपमा विराटनगरमा ख्यातिप्राप्त शिशुसेवा समितिले भव्य समारोबीच शनिबार चार जनालाई पुरस्कृत गरेकाे छ
उक्त समारोहमा सम्मानित हुनेहरुमा साहित्यकार यशु श्रेष्ठ (काठमाडौं), बाल प्रतिभा श्रीनभ ढुंगेल, पत्रकार शम्भु पोखरेल र संगीतकर्मी महिमा पाण्डे हुन् ।
यश कार्यक्रममा संस्थाले प्रत्येक २ वर्षमा प्रदान गर्दै आएको बाल साहित्य पुरस्कार काठमाडौं निवासी बाल साहित्यकार श्रेष्ठलाई प्रदान गर्याे ।
साथै संस्थापक अध्यक्ष शान्ता पोखरेलको नाममा स्थापना भएको ‘शान्ता राष्ट्रिय बाल उत्कृष्ट पुरस्कार’ विराटनगर–१ निवासी ६ वर्षीय बाल प्रतिभा ढुङ्गेल, ‘शिशु सेवा समिति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका फोटो पत्रकार पोखरेल र तीर्थप्रसाद स्मृति रानु संगीत पुरस्कार स्वर संगम संगितालयकी संगीत प्रशिक्षक पाण्डेलाई पुरस्कृत गरेको छ ।
उक्त पुरस्कृत सबैलाई जनही रू ११ हजार १ सय ११ सहित सम्मानपत्रबाट सम्मान गरिएको छ ।
समाजलाई सामाजिक चेतना पुर्याउन तथा देशभरिका उत्कृष्ट काम ,प्रतिभाशाली र सकारात्मक रूपान्तरण गराउने याेग्य व्यक्तित्वलाई सम्मान गर्दै विराटनगरकि सबल महिला शान्ता पाेखरेलले संस्थापन अध्यक्ष भै स्थापित पुरानो ऐतिहासिक सामाजिक संस्था हाे भनी संस्थाका अध्यक्ष कविराज न्याैपाने वताउनुभएकाे छ।
साे समारोहमा वरिष्ठ समाजसेवी दिनबन्धु गोयलको प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष कविराज न्यौपाने, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष गंगा सुवेदीले पुरस्कृत व्यक्तित्वलाई सम्मानित गरेका छ भनी सचिव धर्मराज भट्टराई जानकारी दिए




