पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा
२०८० चैत्र ४, आईतवार २१:२१
पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका छन् ।
कास्कीको फेवाताल नजिकैको बाराहीघाटमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । यसअघि प्रधानमन्त्रीले पर्यटकीय राजधानीसँग सम्बन्धित लोगो र स्मारक स्तम्भ अनावरण गरेका थिए ।




