मिथिलाञ्चलमा औपचारिक रुपमा होली पर्व सुरु
२०८० चैत्र ५, सोमबार १०:१३
मिथिला क्षेत्रमा आजदेखि होली पर्व औपचारिक रुपमा सुरु भएको छ । भङ्गाहा नगरपालिका–९ कञ्चनवनमा भगवान राम र माता जानकीले प्रतीकात्मक रुपमा होली खेलेर औपचारिक रुपमा होली सुरु भएको हो ।
महोत्तरीको कञ्चनवनमा १५ दिने माध्यमिक परिक्रमा अन्तर्गत मिथिला क्षेत्रमा साधु, सन्त र महात्माले भगवान राम र माता सीताको मूर्तिलाई रातो रङ्ग गरेपछि औपचारिक रुपमा होली सुरु हुन्छ ।
सातौँ दिन भङ्गाहा नगरपालिका–९ कञ्चनवनमा आएका भिक्षु, सन्त–महात्मालगायत मध्यमिल परिक्रमाका सम्पूर्ण तीर्थयात्रीले आज बिहान भगवान् राम र सीताको मूर्तिलाई रातो रङ्गले रङ लगाएका छन् ।
होली पर्व सुरु भएसँगै अब होली गीत गाइने, व्यंग्य कविता वाचन र नाटकहरू देखाइनेछ, विशेष गरी साँझको समयमा यस क्षेत्रका गाउँहरूमा वज्न थालेका छन्




