विराटनगरका युवाले होली कार्यक्रम
२०८० चैत्र ९, शुक्रबार २१:५९
रंगको पर्वलाइ उत्साहकाे पर्व वनाउदै विराटनगरमा होली कार्यक्रम आयोजना गरिएको छ ।
आज( शुक्रबार) मारवाडी युवा मञ्च विराटनगरले होलीको पूर्वसन्ध्यामा निकालेको ‘होली अलबेली बरात, स्वांग फेसन शो महा–मेलो’ मा निकालेका छन् ।
साे प्रदर्शन विराटनगरस्थित ट्राफिक चोकबाट निकालिएको ‘होली अलबेली बरात’ मेनरोड हुँदै गोल्छा चोक, पण्डित मेघराज मार्ग, दाजुको चिया अतिथि सदनको पछाडि गेटबाट प्रवेश भएको छ ।
उक्त अवसरमा स्वांग फेसन शो तथा महामेला भएको मारवाडी युवा मञ्च विराटनगरका अंकित मारुले वताए
साे अवसरमा स्वांग फेसन शोमा जोकर, विभिन्न जनावरका आकृति भएका पहिरन, मनोरञ्जनका लागि विभिन्न पहिरन लगाएका छन् । कार्यक्रममा विराटनगरका मारवाडी समुदायको बाक्लो उपस्थिति छ ।
यस वर्षको होली चैत ११ गते पहाडमा र १२ गते तराईमा मनाइने छ ।




