राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछानेले गरेको अपिलको आज उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको छ ।

यसअघि वैशाख १६ गते उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको मुद्दाको सुनुवाइ तोकिएको थिएन ।

त्यसैगरी, वैशाख १० गते न्यायाधीश सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासले सन्दीपको मुद्दा अघि बढाएको थिएन ।

न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले गत वैशाख ३ गते ताडी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्म दर्तामा जन्ममिति सच्याउन परेको निवेदन फिर्ता लिन आदेश दिएको थियो ।

साथै, जन्ममितिसँग सम्बन्धित स्पष्ट कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । कागजपत्र प्राप्त भए पनि कारबाही पटक पटक स्थगित हुँदै आएको छ ।

काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका छन् ।

लामिछानेले गत फागुन उच्च अदालत पाटनमा नेपाल सरकारविरुद्ध पुनरावेदन दायर गरेका थिए ।

जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई आठ वर्ष जेल सजाय सुनाएको थियो