संखुवासभाको भोटखोला गाउँपालिका–४ का दुई गुरुङ दाजुभाइले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

जेठा भाइ आशिष गुरुङ आज बिहान ४ः३८ मा सगरमाथा पुगेका थिए भने कान्छा भाइ सुजन गुरुङले बिहान ७:३५ मा चुचुरोमा पुगेका थिए ।गुरुङ दाजुले सगरमाथा आरोहण गरेको यो पहिलो पटक भने होइन ।

इन्टरनेशनल फेडेरेसन अफ माउन्टेन गाईड्स एसोसिएसन (IFMGA) गाइड आशिषले अहिलेसम्म चार पटक सगरमाथाको आरोहण गरिसकेका छन्। आकांक्षी पर्वतीय पथप्रदर्शक सुजनले यस वर्ष दोस्रो पटक सगरमाथाको आरोहण गरेका छन्।

यस वर्ष उनीहरूको आरोहण ट्याग नेपाल ट्रेक्सले आयोजना गरेको थियो।