यूएईलाई हराउँदै नेपालले यू–१९ टिम विश्वकपमा छनोट भएकाे छ । यूएईलाई नेपालले सात रनले पराजित गर्दै  यू–१९ टिम विश्वकपमा छनोट भयाे ।

फेसबुकमा प्रधानमन्त्री प्रचण्डले “श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु भनेर लेखेका छन्