दमक व्यवसायिक कम्प्लेक्सको उद्घाटन
२०८१ मंसिर २३, आईतवार १७:५९
प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमक नगरपालिका–३ निर्माण भएको दमक व्यवसायिक कम्प्लेक्सको उद्घाटन गर्नुभएको छ।
१८ तले यो व्यावसायिक कम्प्लेक्स मुख्य बजार क्षेत्रबाट चार किलोमिटर टाढा रहेको छ र यसलाई एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।
चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यो कम्प्लेक्सलाई सरकारद्वारा आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
उद्घाटन कार्यक्रममा प्रथम महिला राधिकाशाक्य, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायत अन्य विशिष्ट व्यक्तिहरू र ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।




