राष्ट्रपतिद्वारा पाँच राजदूतलाई शपथ ग्रहण
२०८१ पुष ८, सोमबार १५:३५
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पाँच नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ।
राजदूतहरूको रूस: जंगबहादुर चौहान, युनाइटेड किंगडम: चन्द्रकुमार घिमिरे,स्पेन: सनिल नेपाल, दक्षिण कोरिया: शिवमाया तुम्बाहाम्फे र भारत: शंकर शर्मा रहेका छन्
उक्त कार्यक्रममा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति कार्यालयका अनुसार राजदूतहरूले अब सम्बन्धित देशहरूमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।




