सूचना प्रविधिसंग छलफल
२०८१ माघ ८, मंगलवार २०:३७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाट घरबाटै कम्पनी र भ्याट दर्ताजस्ता काम एकै दिनमा गर्न सक्ने प्रणाली विकास गरिने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका विज्ञ र व्यवसायीहरूसँगको छलफलमा उनले सूचना र प्रविधिलाई वर्तमान युगको मुख्य आधारका रूपमा बुझेर यसमा पहिलेदेखि नै प्रयास गरिरहेको स्पष्ट पारे।
कार्यक्रममा सहभागी विज्ञ र व्यवसायीहरूले सूचना प्रविधि क्षेत्रका अन्तर्राष्ट्रिय कम्पनीहरू स्थापना गर्न सरकारद्वारा हालै ल्याइएको अध्यादेश र देशभित्र तथा बाहिर लगानीको आदानप्रदानलाई सहज बनाउने प्रावधानका लागि प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद व्यक्त गरे।




