प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित आधिकारिक निवासमा आज सत्तारुढ दलहरूको बैठक बस्दैछ।

बैठक आज साँझ ५ बजेका लागि तय गरिएको छ।
बैठकमा माघ १७ गतेबाट सुरु हुने संसदको हिउँदे अधिवेशन, पेश गरिने विधेयकहरू र अन्य सरकारी गतिविधिहरूमा छलफल हुनेछ।

सत्तारुढ गठबन्धनमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी रहेका छन्।