प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरताको असर सबै क्षेत्रहरूमा परेको उल्लेख गर्दै अब देशलाई स्थायित्व र समृद्धितर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे।

उनले उद्योग, व्यापार, उत्पादन र निर्यातलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्न सरकार लागिपरेको बताए।

सूचना प्रविधिको विकासले व्यापारलाई आधुनिक बनाएको भन्दै उनले डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्न नीति निर्माणमा सरकार सक्रिय रहेको बताए।

नेपाललाई सन् २०२६ सम्ममा मध्यम-आयस्तरको देश बनाउने लक्ष्यसहित सरकार समृद्धि यात्रामा अगाडि बढेको उनले स्पष्ट गरे।