डा. शेखर कोइरालाले संविधान संशोधनलाई सहमति र समावेशीकरणको माध्यमबाट अघि बढाउनुपर्नेमा जोड दिए। उनले राजनीतिक स्थायित्व कायम गर्न निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै संविधानविद् डा. भीमार्जुन आचार्यले वर्तमान संविधानका केही प्रावधान पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले शक्ति पृथकीकरण, न्यायपालिका स्वायत्तता, र कार्यकारी नेतृत्वको तटस्थ भूमिकाबारे पुनर्विचार गर्न सुझाव दिए।

पूर्व मुख्यमन्त्री उद्धव थापाले संघीयता कार्यान्वयनको चुनौतीबारे चर्चा गर्दै प्रदेश सरकारहरूको अधिकार बलियो बनाउनुपर्ने बताए। पूर्व मुख्यमन्त्री केदार कार्कीले संविधान संशोधन प्रक्रियामा सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।

नेका नेता डा. डिला संग्रौलाले संविधान संशोधनलाई समृद्धि र स्थायित्वसँग जोड्दै कानुनी संरचनाहरूलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन्।

  कार्यक्रमका सहभागीहरू मध्येका राजनीति विश्लेषक प्रा कविराज न्याैपानेले लाेकतन्त्रकाे मर्मभित्र रहि भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, र पारदर्शिता कायम गर्न संविधानमा आवश्यक सुधार गर्नुपर्ने बताए।

साथै  सहभागीहरू धेरैले  संविधान संशोधनलाई सर्वपक्षीय छलफलको माध्यमबाट अघि बढाउनुपर्ने र कानुनी व्यवस्थाहरूलाई समयानुकूल परिमार्जन गर्नुपर्ने सुझाव दिए।

उक्त कार्यक्रम संविधान संशोधन आवश्यकता र चुनाैति विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया गरिएको थियो