पाथीभरा केबलकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा
२०८१ माघ १९, शनिबार २०:३६
गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकारसँग सम्बन्धित विषय समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी तोकेको छ।
गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा केबलकारको नियमन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले सो निर्णय गरिएको उल्लेख छ।
गृह मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई स्थानिय चासोलाई ध्यानमा राखी सरोकारवालासँग समन्वय गरेर समस्याको समाधान गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।




