चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा नेपाल सरकारको कुल खर्च ६६७.६० अर्ब रुपैयाँ पुगेको छ। 

नेपाल राष्ट्र बैंक (एनआरबी) ले सार्वजनिक गरेको “नेपालको वर्तमान समष्टिगत आर्थिक तथा वित्तीय स्थिति” प्रतिवेदनमा अर्थ मन्त्रालय र वित्त नियन्त्रक महालेखा परीक्षकको कार्यालय (FCGO) को तथ्यांक उद्धृत गर्दै यो विवरण सार्वजनिक गरिएको हो।

एनआरबीका अनुसार समीक्षाधीन अवधिमा सरकारको खर्च निम्नानुसार रहेको छ:

चालू खर्च: ४५२ अर्ब रुपैयाँ

पूँजीगत खर्च: ५६.९४ अर्ब रुपैयाँ

वित्तीय खर्च: १५८.६६ अर्ब रुपैयाँ

राजस्व संकलनमा गिरावट यस अवधिमा सरकारको कुल ५५९.६१ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जसमा संघीय, प्रादेशिक र स्थानीय सरकारलाई हस्तान्तरण गरिने रकम पनि समावेश छ।

कर राजस्व: ४८९.४० अर्ब रुपैयाँ

गैर-कर राजस्व: ७०.२१ अर्ब रुपैयाँ

माघ मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेको सरकारी खाताको मौज्दात २९७.७० अर्ब रुपैयाँ पुगेको छ, जुन गत आषाढ मसान्तको ८३.९९ अर्ब रुपैयाँ भन्दा झण्डै तीन गुणा बढी हो।

प्रदेश सरकारको खर्च ४४.८१ अर्ब, स्रोत परिचालन ८४.९१ अर्ब प्रदेश सरकारहरूको कुल खर्च ४४.८१ अर्ब रुपैयाँ पुगेको छ, भने स्रोत परिचालन ८४.९१ अर्ब रुपैयाँ रहेको छ।

संघीय सरकारबाट अनुदान तथा राजस्व हस्तान्तरण: ६७.१७ अर्ब रुपैयाँ

प्रदेश सरकारहरूले संकलन गरेको राजस्व तथा अन्य स्रोत: १७.७४ अर्ब रुपैयाँ

सरकारी खर्च वृद्धिप्रति अर्थविद्हरूले चिन्ता व्यक्त गर्दै राजस्व संकलनमा सुधार आवश्यक रहेको बताएका छन्।