कांग्रेसको केन्द्रीय प्रशिक्षण प्रतिष्ठानमा दुई नयाँ निर्देशक
२०८१ फाल्गुन १, बिहीबार १२:१०
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई नयाँ निर्देशक नियुक्त भएका छन्।
कास्कीका डा. कृष्णप्रसाद पौडेललाई प्रशिक्षण निर्देशक र चितवनका डा. सञ्जय महतो थारुलाई अनुसन्धान निर्देशकको जिम्मेवारी दिइएको छ।
कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधान २०१८ (संशोधित) को धारा ३६ (ङ) बमोजिम नियुक्ति गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले नियुक्तिको पुष्टि गरेका छन्।




