सत्ता गठबन्धनको बैठक आज बिहान ११ बजे बस्दै
२०८१ फाल्गुन ३, शनिबार १०:३७
सत्तारुढ दलहरूले सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबारको निर्णयअनुसार आज बिहान ११ बजे संयुक्त बैठक बस्ने भएका छन्।
यो बैठक जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सार्वजनिक रूपमा भूमि अध्यादेशको विरोध गरेपछि उत्पन्न तनावका बीच हुन लागेको हो।
गठबन्धनभित्रको असन्तोषलाई सम्बोधन गर्न बैठक आह्वान गरिएको बताइएको छ।
सूत्रहरूका अनुसार बैठकमा संविधान संशोधनसम्बन्धी कार्यदलले आफ्नो धारणा प्रस्तुत गर्नेछ भने सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी छलफल पनि एजेन्डामा रहेको छ।




