नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले आज दिउँसो ४ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।

यो बैठक प्रधानमन्त्री केपी शर्मा ओली द्वारा बोलाइएको ५ बजेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अघि हुन लागेको हो।

बैठकमा मुख्य रूपमा संसदमा प्रस्तुत अध्यादेशहरू र पार्टीका भ्रातृसंस्थाहरूको आसन्न महाधिवेशन बारे छलफल हुने बताइएको छ।

सत्तारुढ दलबीच हाल भूमिसम्बन्धी अध्यादेश को विषयमा व्यापक छलफल भइरहेको छ। यो अध्यादेश संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा बहुमत जुटाउन नसक्दा गत महिना देखि रोकिएको छ।