नेपाल प्रहरीले फेरि एकपटक नयाँ नेतृत्व पाएको छ। दीपक थापा अब ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन्। सरकारको सोमबार साँझको मन्त्रिपरिषद् बैठकले उनलाई नेपालको सुरक्षा निकायको सर्वोच्च पदमा पु¥याएको हो।

विगतमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व सम्हालिरहेका थापा अब सम्पूर्ण संगठनको दिशा तय गर्ने भूमिकामा पुगेका छन्। उनको कार्यशैली, सोच र रणनीति अब प्रहरी संगठनको गतिशीलतासँग जोडिनेछ।

निःसन्देह, प्रहरी संगठन अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ— अपराध नियन्त्रण, जनविश्वास अभिवृद्धि, प्रविधिमैत्री सेवा, र संगठनभित्रको अनुशासन व्यवस्थापन। यस्ता बेला नेतृत्वमा आउने व्यक्तिको दृष्टिकोण निर्णायक हुन्छ

थापा प्रतिस्पर्धामा रहेका एआईजी टेकबहादुर तामाङ र सुदीप गिरीलाई पछि पार्दै आईजीपी बनेका हुन्। तामाङ उपत्यका प्रहरी कार्यालय, र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन्। तर, सरकारको विश्वास थापामाथि गयो, त्यो उनीसँग जोडिएका अनुभव, क्षमता र समर्पणको परिणाम हुनसक्छ।

अब जनताको अपेक्षा पनि उस्तै उच्च छ— भ्रष्टाचाररहित प्रहरी, छिटो न्यायिक प्रक्रिया, र नागरिकमैत्री सेवा प्रणाली। नेतृत्व फेरिएसँगै प्रणाली पनि सुध्रिन्छ भन्ने विश्वास जनताले राखेका छन्।

यसपटकको नेतृत्वले त्यो भरोसा कायम राख्न सक्छ कि सक्दैन, अबको समयले देखाउनेछ।