काठमाडौं, चैत ११ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको छ

 सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गर्दै प्राधिकरणको नेतृत्वमा नयाँ परिवर्तनको संकेत दिएको छ।

सरकारी स्रोतका अनुसार मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयनमा ल्याइनेछ। यद्यपि, घिसिङको हटाइको औपचारिक कारण भने सार्वजनिक गरिएको छैन। प्राधिकरण स्रोतले भने यो निर्णयलाई ‘अप्रत्याशित’ रूपमा लिएको छ।

सन् २०७२ मा पहिलो पटक कार्यकारी निर्देशक बनेका घिसिङले लोडसेडिङ अन्त्य गरेर जनमानसमा अलग पहिचान बनाएका थिए। दोस्रो कार्यकालमा पनि उनले ऊर्जा क्षेत्रमा सुधार ल्याउने प्रयास गरेका थिए।

घिसिङको समयभन्दा पहिला हटाइनुले सरकारको नियतप्रति प्रश्न उठ्न थालेको छ। सामाजिक सञ्जालमा जनता आक्रोशित देखिएका छन्। “काम गर्ने मान्छेलाई हटाउने हो भने देश कसरी चल्छ?” भन्ने खालका टिप्पणीहरू सर्वत्र देखिन्छन्।

सरकार अब प्राधिकरणको नेतृत्व कसलाई जिम्मा दिन्छ भन्नेमा चासो बढेको छ।